डीआईजीहरु एआईजीमा बढुवा, को हुन् भावी आइजीपी

March 20, 2023 10:48 am

काठमाडौं । सरकारले ५ जना प्रहरी नायब महानिरीक्षक डीआईजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीमा बढुवा गरेको छ ।

आज सोमबार बसेको मन्त्रीपरिषद बैठकले गृहमन्त्रालयले गरेको सिफारिस अनुसार डीआईजीहरू बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआईजीमा बढुवा गरेको हो ।

गृहमन्त्रालयले भावी प्रहरी महानिरीक्षक चयन हुनु १५ दिन अघि उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

अहिलेको ३० वर्षे सेवा अवधि कायमै रहे प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंह ११ चैतबाट अनिवार्य अवकाशमा जानेछन् । त्यसपछि अहिले बढुवा भएका ५ जनामध्येबाटै प्रहरीको नेतृत्व छनौट हुनेछ ।

          March 20, 2023 10:48 am | मिडियाबाट साभार,मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय

प्रतिकृयाहरू :

समाचारहरु: