कमल गाउँपालिकाद्वारा टोल विकास संस्थाहरुलाई पानी तान्ने मोटर वितरण

March 17, 2023 7:27 am

कमल । झापाको कमल गाउँपालिकाले व्यवसायिक कृषकहरुका लागि कृषि औजार तथा सामग्री प्रदान गरेको छ ।

गाउँपालिकाका व्यवसायिक कृषि उद्यमीहरुलाई सिंचाईमा सहयोग पुगोस् भन्ने उद्देश्यले पानी तान्ने विद्युतीय मोटर हस्तान्तरण गरिएको गाउँपालिका कृषि विकास शाखाले जनाएको छ ।

गाउँपालिकामा दर्ता भएका टोल विकास संस्थाहरुबाट प्राप्त ६० वटा निवेदनको आधारमा प्रत्येक टोल विकास संस्थालाई १०० प्रतिशत अनुदानमा एक एक थान सिंचाई मोटर प्रदान गरिएको कृषि शाखा प्रमुख महेन्द्र बोहोराले जानकारी दिए ।

कृषि सामग्री हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने, वडाध्यक्षहरु, कृषक समूह, टोल विकास संस्थाका प्रतिनिधी लगायत सहभागी थिए ।

          March 17, 2023 7:27 am | अर्थतन्त्र,लोकप्रिय,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: