ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग

March 14, 2023 4:12 pm

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ ।

१५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेर आफ्ना मन्त्रीहरुलाई राजीनामा गराएको थियो ।

एमाले महासचिव शंकर पोखरेलले आज संसद सचिवालयलाई पत्र पठाएर समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता भएको दावी गरेका हुन् ।

          March 14, 2023 4:12 pm | मिडियाबाट साभार,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: