प्रदेश १ को नाम ‘कोशी’ पारित

March 1, 2023 4:50 pm

विराटनगर । हालसम्म प्रदेश नं. १ भनिँदै आएको सातवटा प्रदेश मध्ये सबैभन्दा पूर्वको भूगोलको नाम अब कोशी हुने भएको छ । प्रदेशको नाम कोशी राखियोस् भनी गरिएको प्रस्ताव प्रदेश १ सभाले पारित गरेको हो ।

अब कोशी प्रदेशको विषयमा प्रदेशसभामा छलफल हुनेछ । एमालेका प्रदेश सभा सदस्य रामकुमार राना मगर प्रस्तावक रहेको कोशी नामको प्रस्तावलाई आजको प्रदेशसभा बैठकले ध्वनी मतले पारित गरेको हो।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

कोशीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ ।

          March 1, 2023 4:50 pm | प्रदेश तह,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,लोकप्रिय,समाज

प्रतिकृयाहरू :

समाचारहरु: