बुद्धशान्ति वडा नं. १ ले बनायो तीनवटा फलैंचा

January 30, 2023 10:48 am

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ ले वडाका तीन स्थानमा फलामको फलैंचा निर्माण गरेको छ ।

विकासक्रममा रहेका ठाउँहरू छनौट गरी ब्यवसायिक ठाउँको बिस्तार गर्न, चोक क्षेत्रका नागरिक भेला भएर भलाकुसारी गर्न, विश्रामालय तथा प्रतिक्षालयको रूपमा प्रयोग हुने गरी फरक तीन स्थानमा फलैंचा निर्माण गरिएको वडाध्यक्ष अनिल वाग्लेले बताएका छन् ।

३ लाख रूपैयाँको बजेटमा ती फलैंचा निर्माण गरिएको वडाले जानकारी दिएको छ । वडाको शान्ति चोक, होक्से चोक र मगर चोकमा फलैंचा निर्माण गरिएको हो ।

फलैंचा निर्माण गरिएको क्षेत्र आसपासमा व्यवसायिक सटर निर्माण गरी व्यवसायिक कारोबार गर्न सकिने उद्देश्यले वडाले ती ठाउँमा फलैचा बनाएको हो । वडाले हरेक वर्ष फलैंचा निर्माण गर्ने योजना बनाएको छ ।

          January 30, 2023 10:48 am | लोकप्रिय,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: