बाल सुबोधनीको अध्यक्षमा राजवंशी, ११ र १२ कक्षा सञ्चालनको प्रतिबद्धता

January 24, 2023 8:44 am

मेचीनगर । झापाको मेचीनगर-१४ स्थित बाल सुबोधनी माध्यमिक विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा मुनिलाल राजवंशी चयन भएका छन् ।

विद्यालयमा मंगलबार आयोजित भेलाले राजवंशीसहित ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो । अध्यक्ष राजवंशी माओवादी केन्द्र मेचीनगर-१४ का अध्यक्षसमेत हुन् ।

सदस्य सचिवमा प्रधानाध्यापक विश्व थापा, सदस्यमा निर्मला न्यौपाने, सखरलाल राजवंशी, लोकेस्वर चौधरी, खिनमाया सुबेदी, मुना फुँयाल, मित्रलाल काफ्ले, फूलकुमारी राजवंशी चयन भएका छन् ।

अधिकांश आदिवासी विद्यार्थीको पठनपाठन हुँदै आएको सो विद्यालय रहेको वडा आदिवासीको बाहुल्य छ । आदिवासी प्रायः बिपन्न नै छन्, अध्यक्ष राजवंशीले भने( ञअन्य बिपन्न वा सम्पन्न सबैका लागि यहाँ कक्षा १० सम्म मात्रै अध्यापन गराउँदै आएको छ । कक्षा ११ र १२ पढ्न विद्यार्थी अर्कै विद्यालय जानुपर्ने बाध्यता छ । अब विद्यालयको चौतर्फी विकास गर्दै कक्षा ११ र १२ को पठनपाठन पनि यहीँ गराउने विषयमा लागि पर्नेछु ।

विद्यार्थीको गुणस्तरीय पठनपाठन, टाढाबाट आउने विद्यार्थीलाई स्कूल बसको ब्यवस्थापन लगायत आन्तरिक ब्यवस्थापनमा आफू लागिपर्ने अध्यक्ष राजवंशीको भनाई छ ।

          January 24, 2023 8:44 am | मुख्य समाचार,लोकप्रिय,शिक्षा,समाज,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: