वैदिकको रक्तदानमा २४ जनाले गरे रक्तदान

January 23, 2023 12:22 pm

भद्रपुर । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२औं स्थापना दिवसमा गरिएको रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेका छन् ।

सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम आयोजना गरेको रक्तदान कार्यक्रममा ७ जना महिलासहित ३४ जनाले रक्तदान गरेका हुन् ।

सहकारीका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापाले गरेको थियो ।

          January 23, 2023 12:22 pm | लोकप्रिय,समाज,सहकारी

प्रतिकृयाहरू :

समाचारहरु: