इस्टु झापाको अध्यक्षमा खतिवडा र बराल, आधाआधा कार्यकाल नेतृत्व गर्ने

January 21, 2023 7:29 pm

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाको पाँचौं अधिवेशनले दुईजनालाई आधा आधा कार्यकाल अध्यक्ष बनाउने निर्णय गरेको छ ।

होमराज खतिवडा र राजु बराल दुवैजना अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । चार वर्षे कार्यकालका लागि गठित समितिको पहिलो दुई वर्ष खतिवडाको नेतृत्व रहने छ भने बाँकी दुई वर्ष बराल अध्यक्ष रहने गरी समिति गठन भएको हो ।

यसैगरी समितिको वरिष्ठ उपाध्यक्षमा युवराज दाहाल, महिला उपाध्यक्षमा रमा ढुंगाना, उपाध्यक्षहरूमा क्रमशः घनश्याम अर्याल, टंक अधिकारी, विकास अधिकारी र लक्ष्मीशरण अधिकारी निर्विरोध चयन भएका छन् ।

यस्तै सचिवमा द्रोण अधिकारी, रेवत खनाल र पदम गजुरेल, सहसचिवमा दीपक खड्का, सञ्जीव कार्की, दिपेन्द्र यादव र चन्द्रमणि खरेल, कोषध्यक्षमा लक्ष्मी सुवेदी र सहकोषध्यक्षमा विदुर ढुंगाना चयन भएका छन् ।

इस्टुको जिल्ला सदस्यहरूमा टंक न्यौपाने, निर्मला दुलाल, सरू कार्की, कमल न्यौपाने, शर्मिला प्रसाई, भानुप्रताप राजवंशी, मनिषा चेम्जोङ्ग, मुना कार्की, महेन्द्र सेढाई, किशोर गौतम, घनश्याम दाहाल र शिवनारायण बजगाई चयन भएका छन् ।

होमराज खतिवडाको अध्यक्षतामा इस्टुका उपमहासचिव मनोज खनालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनमा केन्द्रीय सचिव यादवप्रसाद अधिकारी तथा पूर्व केन्द्रीय सदस्य बालकृष्ण दाहालले अधिवेशनको संयोजन गरेका थिए ।

          January 21, 2023 7:29 pm | राष्ट्रिय समाचार,लोकप्रिय,शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: