साना मझौलाको आँखा शिविरमा ३०० ले लिए सेवा

December 29, 2022 1:23 pm

मेचीनगर । झापाको धुलाबारीस्थित मेची आम्दा अस्पतालमा बुधबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

मेची आँखा अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा बिर्तामोडस्थित साना मझौला बचत तथा ऋण सहकारी संस्थाले आँखा शिविर आयोजना गरेको हो । शिविरमा ३०० भन्दा बढी सेवाग्राहीले सेवा लिएका अध्यक्ष देबिका बस्नेतले जानकारी दिइन् ।

निशुल्क सेवा लिन आएकामध्ये आँखाको विभिन्न समस्या भएका ३२ जनालाई शल्यक्रियाका लागि अस्पताल रेफर गरिएको उनले बताइन् ।

आयोजक सहकारी संस्थाका अध्यक्ष बस्नेतको सभापतित्व र मेचीनगर ११ का वडाध्यक्ष नारायण खनालको प्रमुख आतिथ्यमा सो स्वास्थ्य शिविर सप्पन्न भएको थियो । कार्यक्रममा मेची आम्दा अस्पतालका प्रमुख डा. पोषणरमण त्रिपाठी, शिविरका प्राविधिक संयोजक कविता कडरिया कार्की, मेची उद्योग वाणिज्य संघका महासचिव ध्रुब कनाल लगायतको सहभागिता थियो ।

अनिता मैनालीले स्वागत गरेको कार्यक्रमको संचालन सहकारी संस्थाका सचिव चन्द्रकुमार भट्टराईले गरेका थिए ।

शिविरमा ८ वर्षदेखि ९१ वर्ष सम्मका सर्वसाधारणले सेवा लिएको कार्यक्रममा संस्थाको गतिविधी बारे सचिव भट्टराईले प्रकाश पारेका थिए ।

          December 29, 2022 1:23 pm | समाज,सहकारी,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: