२०८१ वैशाख ७, शुक्रवार , ०५:४६:४१ बजे

Sajhamanch
'

मनकामना क्याम्पस साहित्यक परिवारमा मासिक रचना वाचन तथा पद हस्तान्तरण

बुधवार, मंसिर २१, २०७९

बिर्तामोड । यहाँस्थित मनकामना कलेजमा गठन गरिएको मनकामना क्याम्पस साहित्यक परिवारले आज मासिक रचना वाचन तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।

मनकामना कलेज बिर्तामोडमा अध्ययनरत विद्यार्थीहरुले २०७२ सालमा स्थापना गरेको साहित्यक परिवारको हालै पुनर्गठन गरिएको थियो । नयाँ नेतृत्वलाई माइन्युट हस्तान्तरण गर्दै पुरानो समितिलाई आज विदाई पनि गरिएको हो ।

मनकामना कलेजका निमित्त क्याम्पस प्रमुख तथा साहित्यिक परिवारका संरक्षक कुमार थपलियासहित साहित्यिक परिवारको पुरानो नेतृत्व, संञ्चारकर्मी, प्राध्यापक लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएका सचिव भरत प्रसाईंले जनाएका छन् ।

मनकामना कलेजका विभिन्न संकायमा अध्ययनरत २०० भन्दा बढी विद्यार्थीको सहभागितामा विभिन्न सष्ट्राहरुले रचना वाचन गरेका थिए । साहित्यक समूहका अध्यक्ष प्रियंका उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका १७ जना विद्यार्थीले रचना वाचन गरेका थिए । संस्थाका सदस्य बिरु दर्नालले कविता लेखनमा फरक अभ्यास मानिएको एक लाईने एकल कविता प्रस्तुत गरेका थिए ।

सो अवसरमा मन्तब्य राख्दै संरक्षक कुमार थपलियाले लेख्ने अभ्यासलाई बढाउँदै लैजादा भविष्यमा जस्तो किसिमका सृजना गर्न सकिने भएकाले बाचनसहित लेखन सिपमा पनि निपुर्ण हुन विद्यार्थीहरुलाई सुझाए ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै अध्यक्ष प्रियंका उप्रेतीले आउँदा दिनमा साहित्य र संगीतका क्षेत्रमा विविध प्रतियोगिताको आयोजना गर्दै मनकामना कलेजका प्रतिभालाई गोलबन्द बनाउने अभियानमा जुटेको बताइन्।

परिवारका निवर्तमान अध्यक्ष हरिकृष्ण भण्डारीले झापाको कुनै पनि कलेजले आफ्नो संरक्षणमा साहित्यक परिवारको गठन गरेको आफूलाई जानकारी नरहेको बताउँदै मनकामना कलेजलाई झापाकै हकमा पहिलो कलेज मान्न सकिने जिकिर गरे ।

सोही कार्यक्रममा नयाँ कार्यसमितिले पुरानो समितिमा आबद्व सम्पूर्ण पदाधिकारीलाई मायाको चिनोस्वरुप प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान प्रदान गरेको थियो । कार्यक्रमको संञ्चालन संस्थाका सचिव भरत प्रसाईले गरेका थिए ।

मनकामना क्याम्पस साहित्यिक परिवारको नयाँ नेतृत्वमा उपाध्यक्ष पूर्णिमा दाहाल, सहसचिव देव बाँस्कोटा, कोषाध्यक्ष आइस्का कार्की रहेका छन् । यस्तै, सदस्यहरुमा मेघा लिम्बू ,मन्जिला ढकाल, सुजन कठेत, बिरु दर्नाल, सुशान्त नेपाल र जेनिशा खत्री रहेका छन् ।

सम्बन्धित खबर