बेलबारी प्रज्ञा–प्रतिष्ठानको पहिलो कार्यक्रम, चाडपर्व विशेष शुभकामना आदानप्रदान

October 22, 2022 8:24 pm

बेलबारी । बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा–प्रतिष्ठानले तिहार, नेपाल सम्वत, छठपर्व र उँधौलीको अवसरमा आज शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

प्रज्ञा–प्रतिष्ठानको स्थापना र गठन पछि कार्यकालको शुभारम्भसँगै पहिलो सार्वजनिक कार्यक्रमका रूपमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य क्षेत्रलाई अझै अध्ययन–अनुसन्धान गरी उत्खनन् गर्दै संरक्षण र विकास गर्नुपर्ने महसुस गरेर प्रज्ञा प्रतिष्ठान गठन गरेको बताए । कार्यक्रममा गजलकार जेबी थुलुङले गजल वाचन गरेका थिए । यस्तै विवेश मोते, लक्ष्मी पौडेल तथा मौसम नेपालीले गीत गाएर मनोरञ्न दिलाएका थिए ।

सयभन्दा बढी स्रष्टा तथा कलाकारहरूको उपस्थितिमा आयोजित कार्यक्रममा प्रतिष्ठानको गठन एवम् चाडपर्व विशेष शुभकामना मन्तब्य राख्ने वक्ताहरुले प्रतिष्ठानले नगरभित्रका सबै भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य विधाको विकास गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

प्रज्ञा समितिका अध्यक्ष रेखा सुवेदीले अध्यक्षता, सचिव कुलप्रसाद बरालले सञ्चालन, उपाध्यक्ष मनकुमार गुरुङले स्वागत मन्तव्य तथा उपाध्यक्ष अजितकुमार धिमालले धन्यवाद ज्ञापन गरेका थिए । उक्त कार्यक्रममा प्रज्ञा समितिका पदाधिकारी तथा सदस्यहरूको परिचयसमेत गराइएको थियो ।

          October 22, 2022 8:24 pm | गीत/संगीत/मनोरञ्जन,मुख्य समाचार,राष्ट्रिय समाचार,लोकप्रिय,समाज,साहित्य,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: