दुर्गा पूजामा झाँकी प्रस्तुत

October 2, 2022 7:10 pm

कमल । झापाको कमल गाउँपालिका ३ केराधाप स्थित सुर्यविनायक किर्तन मण्डलीले दुर्गा पूजाको छैंटौ दिन विभिन्न कार्यक्रम गरेको छ ।
कीर्तन मण्डलीद्वारा आयोजित पूजाको छैंटौ दिन कात्यायनी देवीको कथा प्रवचन का साथै बालकृष्ण भगवानको झाँकी प्रस्तुत गरिएको थियो ।

त्यसैगरी दुर्गापुजा मुल आयोजक समितिकोतर्फ बाट स्थानिय ७५ वर्ष भन्दा माथिका दुई दर्जन भन्दा बढी ज्येष्ठ आमाहरुलाई सम्मान गरिएको मुल आयोजक समितीका अध्यक्ष डिल्लीराम न्यौपानेले बताए ।

मौलिक सस्कार संस्कृती जगेर्ना गर्दै सस्कारयुक्त समाजको विकास गर्ने उद्येश्यले हरेक वर्ष दुर्गा देवीको पुजा आरधानाका गरी नवरात्रभर विभिन्न कार्यक्रम गर्दै आईरहेको स्थानिय सुर्यप्रसाद न्यौपानेले बताए ।

          October 2, 2022 7:10 pm | विविधा,समाज


प्रतिकृयाहरू :

समाचारहरु: