कनकाई साप्ताहिक आठौ वर्षमा

August 14, 2022 11:29 am

कनकाई । झापाको कनकाई नगरपालिकाबाट प्रकाशन भइरहेको कनकाई साप्ताहिक आठौ वर्षमा प्रवेश गरेको छ ।

आठौं वर्ष प्रवेशको अवसरमा प्रकाशकीय लेख्दै कनकाई साप्ताहिकलाई आगामी दिनमा अझ परिस्कृत र युग सुहाउँदो बनाउँदै लैजाने सम्पादक/प्रकाशक लीलाराज झापालीले उल्लेख गरेका छन् ।

पत्रिका आठ वर्षमा प्रवेश गरेको अवसरमा सम्पादक/प्रकाशक झापालीले आगामी दिनमा समेत सबै क्षेत्रबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेका छन् । कनकाई साप्ताहिक कनकाई नगरपालिकाबाट प्रकाशित पहिलो अखबार हो । कनकाई साप्ताहिकको अनलाइन संकरण कनकाई अनलाइनसमेत निरन्तर सञ्चालनमा छ ।

हरेक हप्ताको आइतबार प्रकाशन हुँदै आएको कनकाई साप्ताहिकले स्थानीय गतिविधि र विकास पत्रकारिता गर्दै आइरहेको छ । सो पत्रिका प्रेस काउन्सिलबाट ख वर्गको वर्गीकरणमा परेको सम्पादक/प्रकाशक झापालीले उल्लेख गरेका छन् ।

          August 14, 2022 11:29 am | प्रदेश तह,समाज,साहित्य,स्थानीय तह

प्रतिकृयाहरू :

समाचारहरु: