मनकामनाका बालबालिकाले हेरे लाखेनाच

August 8, 2022 6:17 pm

बिर्तामोड । मनकामना माध्यमिक विद्यालय बिर्तामोडका बालबालिकाले नेवारी समुदायले नाच्ने लाखेनाच नजिकबाट हेरेका छन् ।

नेवाः पासा मुना पुचः बिर्तामोड नगर कमिटीद्वारा प्रस्तुत गरिएको लाखेनाच उज्यालो मनकामना बालक्लबको सहजीकरणमा आज देखाइएको हो । नेवारी समुदायको सांस्कृतिक पर्वको रुपमा मनाइने लाखेनाच आज विद्यालयमा नै देखाइएको प्रधानाध्यापक केशब ढुंगानाले बताएका हुन् ।

मल्ल कालदेखि शुरु भएको लाखेनाच बालबालिकालाई देखाउन पाउँदा ज्यादै खुशी र आनन्द लागेको नेवा अध्यक्ष दिनेश श्रेष्ठले बताए । उनले आगामी पुस्ता बालबालिका भएकाले यस्ता सांस्कृतिक पर्वको महत्त्व बुझाउन सके पुस्तान्तरण गर्न सकिने अपेक्षा सुनाए ।

नाग पंचमीबाट कृष्ण जन्मास्टमीको भोलिपल्टसम्म नाचिने लाखेनाच पछिल्लो समय लोपोन्मुख हुँदै गएकोले हाम्रो संस्कृतिबारे विद्यार्थीलाई जानकारी दिन लाखेनाचको आयोजना गरिएको बालक्लब अध्यक्ष स्वीकृति बाँस्तोलाले जानकारी दिइन ।

          August 8, 2022 6:17 pm | टिप्स/जानकारी,शिक्षा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: